इमान्दार भएर आउन सौगातलाई अशिष्माको सुझाव (भिडियो सहित)


Filmy Kura, Jul 18, 2017 at 9:04 pm

नायक सौगात मल्ललाई इमान्दार भएर आउन नायिका अशिष्मा नकर्मीले सुझाएकी छिन् । तर यो उनको सुझाव रियल लाईमा नभई सौगातलाई पर्दामा अभिव्यक्त गरिएको भाव मात्र हो ।

साउन २७ रिलिज फिल्म ‘संरक्षण’ को एक गीतमा सौगात र अशिष्माको सम्बन्ध बेगर यिनै कुरा समावेश भावलाई झल्काउन खोजिएको छ । जून गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बीच रिलिज गरिएको थियो । गीतमा धिरेन्द्र प्रेमर्षीको शब्द रचना, प्रभेष मल्लिकको संगीत तथा स्वरुपराज आचार्यको स्वर रहेको छ । साथै उक्त अवसरमा सञ्चारकर्मी माझ चलचित्रको पहिलो र दोस्रो ट्रेलर समेत शो गरिएको थियो ।

राजनीतिक घटनाक्रमले तराई भेगलाई पारेको असर र त्यसको वास्तविकता माथि चलचित्र निर्माण गरिएको छ । जसलाई पूर्नेन्दु झाले निर्देशन गरेका हुन् । नरेन्द्र महर्जन, प्रदीपक कुमार उदय, नन्दुश्रिवास्तव र श्वेता शाहको संयुक्त लगानी रहेको ‘संरक्षण’ मा निखिल उप्रेती, सौगात मल्ल, रमेश रन्जन, मनिला जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, रमेश बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा हिमाल केसीको द्धन्द्ध, सुरेन्द्र पौडेलको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो