रकस्टारलाई दीपक र संगीताले गरे आउट, भिडियोमा कति जम्यो सुष्मा र निराजनको जोडी ?


Filmy Kura, Jul 20, 2017 at 8:12 pm

गायक सुदीप थकालीको डेव्यू एल्बम ‘रकस्टार’ बरिष्ठ संगीतकार दीपक जंगम, बरिष्ठ गायिका संगीता राणा प्रधान लगायतले बिहीबार एक कार्यक्रमका बीच आउट गरेका छन् । सार्वजनिक गरिएको अडियो एल्बममा ७ वटा गीत रहेका छन् । ५ गीतमा स्वयम गायक थकालीले संगीत भरेका छन् ।

राम सिटौलाबाट संगीत कक्षा लिएका थकाली पछिल्लो समय जापान बस्दै आइरहेका छन् । नेपाली गीत संगीतको मायाले गर्दा परदेशमा भएपनि एल्बम निकालेको उनले समारोहमा बताए । उक्त अवसरमा एल्बमको एक गीत ‘उडी जाने पन्छी’ को भिडियोपनि सार्वजनिक गरिएको थियो । जसमा कलाकार सुष्मा कार्की र निराजन प्रधानले अभिनय गरेका छन् । उनीहरुको जोडी कति जम्यो त ? त्यो तपाई भिडियो हेरेर मूल्याङ्कन गर्न सक्नुहुनेछ ।

भिडियोलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् । एल्बमलाई लिएर बरिष्ठ संगीतकार जंगम र गायिका प्रधानले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो