चर्चित गायक गायिकाको स्वरमा काजिको तर्कना


Filmy Kura, Jul 20, 2017 at 8:54 pm

लामो समय देखि गीत लेखनमा कलम चलाउँदै आएका काजीराज शाक्यको चौथो गीति संग्रह ‘तर्कना’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कूलपति एवम् वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, विन्धबासिनी म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक सुवास रेग्मी, स्ट्रीङ्ग्स रेकर्डिङ स्टुडियोका प्रोपाइटर हरिशरण सायमी लगायतका अतिथिको हातबाट ‘तर्कना’ बिमोचन गरिएको हो ।

१० गीत समावेश यस एल्बममा चर्चित गायक गायिकाको स्वर सुन्न सकिन्छ । मिलन अमात्य, निशा देशार, यम बराल, अन्जु पन्त, संगीता शाक्य, रामकृष्ण ढकाल, आनन्द कार्की, संगीता राणा प्रधान र रविन शर्माले एल्बमको गीतमा आवाज दिएका छन् । सबै गीतमा संगीत काजिराज र हरिशरणले संयुक्त रुपमा दिएका छन् ।

व्यवसायिक जीवन बाहेक गीत संगीतमा रुचि राख्ने काजिराजको एकल रचनामा केही मार्मिक केही रमाइला गीत रहेका छन् । उनले भने, ‘तर्कनामा जीवन भोगाई, प्रेम, समर्पण र सामाजिक यथार्थताको समिश्रण रहेको छ ।’ गीतले सबै श्रोताको मन जित्ने कुरामा गीतकार तथा संगीतकार शाक्य आशावादी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो