ए दाई नसमाउ नारीमा.. छक्का पन्जा २ को गीत रिलिज (भिडियो सहित)


Filmy Kura, Jul 21, 2017 at 8:40 am

वर्ष २०७४ को प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज गरिएको छ । शुक्रबार बिहान युट्युव मार्फत रिलिज गरिएको रोमान्टिक गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, स्वरुप पुरुष ढकाल र केदार घिमिरे फिचर छन् । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

अल्मोडा राणा उप्रेती र सुजता बर्माको आवाज रहेको गीतमा संगीत अल्मोडा र प्रिन्सले दिएका छन् । फिल्मका प्रस्तुतकर्ता तथा कलाकार दीपकराज गिरी र प्रिन्सले संयुक्त रुपमा मिलेर शब्द रचना गरेका छन् । क्याची शब्द रहेका कारणपनि आम जनमानसमा यो गीतले प्रभाव पार्न सक्ने देखिएको छ ।

असोज ११ देशव्यापी प्रदर्शन हुने चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । आमा सरस्वती मूभिज प्रस्तुत चलचित्र ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

विकास राज आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा लगानी दीपकराज गिरीको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो