यति सशक्त बनेर आयो ‘ए मेरो हजुर २’ को ट्रेलर (भिडियो सहित)


Filmy Kura, Jul 21, 2017 at 9:49 pm

युवा पुस्तालाई टार्गेट गरिएको प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को सशक्त कन्टेट समावेश ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मका काष्ट एण्ड क्रिउको पूर्ण संलग्नतामा सञ्चारकर्मीमाझ फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई दशक देखि कुशल अभिनेत्रीको परिचय भिरेकी झरना थापाको प्रथम निर्देशकीय सिर्जना हो ‘ए मेरो हजुर २’ । उनले फिल्मको सुटिङ पललाई स्मरण गर्दै सबै कलाकारलाई यति राम्रो काम गरेर साथ दिएकोमा आभार व्यक्त गरिन् । फिल्मका प्रस्तुतकर्ता सुनिल कुमार थापाले नेपालीपन बोकेको चलचित्रलाई हलिउड र बलिउड सँग कम्पेयर नरिदिन आग्रह गरे ।

कार्यक्रममा फिल्मका कलाकार सलोन बस्नेत र सलिनमान बाँनियाले डायलग बोलेका थिए । ढिलो गरी कार्यक्रममा पुगेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले भने ट्रेलर र गीत संगीत जस्तै फिल्मको पूर्ण पाठ पनि राम्रो बनेको बताइन् ।

लभस्टोरी वेसको यो फिल्म भदौ १६ देखि अल नेपाल प्रदर्शन हुँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो