धनी बाउको बिग्रेको छोरा केदारको अन्डर नाइन्टिन, शुभेच्छाको कति हट छ सिन ?


Filmy Kura, Jul 23, 2017 at 1:19 pm

यस अघि चलचित्र ‘लाले’ मार्फत दर्शकमाझ प्रस्तुत भएका कलाकार तथा निर्माता केदार ढुंगानाको अर्को अभिनय तथा निर्माण रहेको चलचित्र ‘अन्डर नाइन्टिन’ रिलिजका लागि तयार भएको छ । भाद्र २३ देखि अल नेपाल रिलिज हुने यस फिल्ममा केदारले धनी बाउको बिग्रेको छोराको भूमिका निर्वाह गरेका छन् ।


त्यसो त निर्माण सम्पन्न भएको लामो समय पछि यो फिल्म दर्शकमाझ आउन लागेको हो । यसै फिल्म मार्फत नायिका रजनी केसीले डेव्यू गरेकी थिइन् । तर बिडम्बना फिल्म समयमै रिलिज हुन नसकेपछि उनले छविराज ओझा निर्मित फिल्म ‘लोफर’ लाई नै आफ्नो डेव्यू फिल्मको रुपमा चिनाउँदै आएकी छिन् । चलचित्रमा रजनी सँगै अर्की नायिका शुभेच्छा थापाको पनि अभिनय रहेको छ । प्राय फिल्ममा हट सिनका कारण चर्चामा रहने थापाको ‘अन्डर नाइन्टिन’ मा चाहि कस्तो खालको उपस्थिती रहेको छ त ? यो कुरा हामीले निर्माता तथा कलाकार केदारलाई सोध्दा उनले चलचित्र मनोरञ्जनको प्याकेज रहेको भन्दै सबैलाई पच्ने खालकै दृश्य भएको बताए ।

‘अन्डर नाइन्टिन उमेर बैशालु’ टिनएज वेस चलचित्र रहेको कलाकार केदारको भनाई छ । धनी बाउको छोरा जो पटक पटक फेल भएर एउटै कक्षामा पढ्छ उक्त चरित्र आफूले निर्वाह गरेको बताउने केदारले यो रोल गर्दा कलेज लाइफ मिस गरेको बताए । आखिर रिलिज ढिलो हुनुको कारण के हो त ? उनी अगाडि थप्छन्, ‘खास यो फिल्म तीन जना मिलेर निर्माण गरेका हौ । म, रोजन रखाल र हिमाल मल्ल । बीचमा साथीभाईबीच केही मन मुटाव सिर्जना भयो यसले गर्दा रिलिज ढिलो हुन गएको हो ।’

टिनएज् टार्गेट गरिएको फिल्मलाई दर्शकले रुचाउने उनको विश्वास छ । शिव घिमिरे निर्देशित चलचित्रमा केदार ढुंगाना, शुभेच्छा थापा, रोजन रखाल, रजनी केसी लगायतको अभिनय रहेको छ । टिकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, टंक बुढाथोकी र राजेन्द्र श्रेष्ठको संगीत, प्रवल प्रधानको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो