रोमान्टिक कमेडी फिल्म आउँदै जाँदै निर्माण घोषणा, मिडिया पर्सन जिपीले निर्देशन गर्ने


Filmy Kura, Jul 23, 2017 at 5:35 pm

रोमान्टिक कमेडी जनराको चलचित्र ‘आउँदै जाँदै’ निर्माण घोषणा गरिएको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना मार्फत उक्त फिल्मको निर्माण घोषणा गरिएको हो ।

पूर्व मिस नेपाल उषा खड्गी सहित अन्य दुई जनाको संयुक्त लगानी रहने उक्त फिल्मलाई मिडिया पर्सन समेत रहेका जिपी तिमल्सिनाले निर्देशन गर्नेछन् । त्यो त उषा र जिपी सम्बन्धले श्रीमान श्रीमती हुन् ।

हाल कलाकार तय भइ नसकेको यो फिल्मको सुटिङ पोखरा, काठमाडौ, चितवन तथा पश्चिम नेपालको विभिन्न रमणीय स्थलमा हुनेछ । चलचित्रलाई सामिप्य तिमल्सिनाले लेखेका हुन् । झण्डै करोड बजेटमा निर्माण हुने फिल्मको केही छायांकन भने अष्ट्रेलियामा समेत गरिनेछ । चलचित्रको रिलिज टार्गेट २०७५ सालको बैशाख महिनालाई गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो