रुद्रले पिजी प्रमाण पाउँदा निखिल पुगे टिम नै लिएर हल हल


Filmy Kura, Jul 23, 2017 at 6:27 pm

चलचित्र ‘रुद्र’ ले सेन्सर बोर्डबाट पिजी प्रमाण पाएको छ । रिलिज डेट नजिकिदै गर्दा फिल्मका भिलेन तथा निर्माता निखिल उप्रेती सहित डेव्यू कलाकार सारा र विश्व खासगरी प्रमुख शहर काठमाडौ, ललितपुर, भक्तपुर र बनेपाको विभिन्न हलमा पुगेका थिए ।

उक्त टिममा फिल्मका वितरक गोपालकाजी कायस्थ, निर्देशक रामजी लामिछानेले समेत साथ दिएका थिए । हल हल पुगेर दर्शक समक्ष साक्षात्कार गरेको यो टिमले साउन १३ रिलिज फिल्म ‘रुद्र’ को बारेमा प्रचार प्रसार गरेको हो । त्रिकोणात्मक प्रेमकथामा निर्मित चलचित्रमा भिन्न स्वादको एक्सन समेत दर्शकले हेर्न पाउनेछन् । आफ्नो हिरोइज्मलाई छोडेर निखिल पहिलो पटक भिलेन बनेको फिल्मले दर्शकको साथ र माया बटुल्ने आश निर्माण यूनिटमा रहेको छ ।

सारा र विश्वले पहिलो फिल्मबाटै क्लिक हुने ठूलो अपेक्षा लिएका छन् । हेरौ उनीहरुको अपेक्षा कति हद सम्म पूर्ति होला त्यो भने साउन १३ पछि मात्र थाहा पाइनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो