माझी बिनाको डुङ्गा चढेर के गर्दैछन् सनम र एलिसा ? (भिडियो सहित)


Filmy Kura, Jul 23, 2017 at 7:10 pm

पोखराको रमणीय दृश्य । फेवा तालको बीचमा माझी बिनाको डुङ्गा । अनि त्यहि डुङ्गामा चढेर मोडल सनम कठायत र एलिसा विष्ट के गर्दैछन् त ?


हो आखिर के गर्दैछन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक हो । थुप्रै म्युजिक भिडियोमा खेलेका सनम सँग सञ्चारकर्मी समेत रहेकी एलिसाले एक मन छुने गीतमा सँगै अभिनय गरेका हुन् । गायक स्वरुपराज आचार्यको स्वर समावेश उक्त गीतमा यी दुईलाई देख्न सकिन्छ ।

तारानाथ आचार्यको शब्द रचना रहेको गीतमा संगीत तेजेन्द्र गुरुङले दिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निर्देशन भने होमबहादुर घलले गरेका हुन् । मन छुने यो आधुनिक गीतमा सनम र एलिसाको जोडी कतिको सुहायो त ? हेर्नुस् भिडियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो