दुई युवालाई लाग्यो सपना नै प्यारो, यस्तो बन्यो विन्दास लाइफको गीत (भिडियो)


Filmy Kura, Jul 26, 2017 at 11:11 am

चलचित्र ‘विन्दास लाइफ’ को पहिलो गीत रिलिज गरिएको छ । युट्युव मार्फत रिलिज गरिएको रोमान्टिक गीतमा दुई युवाले नायिका सपना लामिछाने निकै प्यारो लागेको भाव अभिव्यक्त गरेका छन् ।

नायक प्रथम खड्का र चिरन अधिकारीको साथमा सपना फिचर यस गीतमा शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र के बस्नेतको स्वर रहेको छ । राजु गिरी प्रोडक्शन प्रस्तुत ‘विन्दास लाइफ’ फूल अन लभ स्टोरी चलचित्र रहेको नायिका सपनाले बताएकी छिन् । एक विन्दास केटीको चरित्र आफूले निर्वाह गरेको बताउने सपना फिल्मले सकारात्मक रिजल्ट दिनेमा आशावादी छिन् ।

सृजना बरालको कोरियोग्राफी रहेको गीतलाई युट्युवमा हेर्ने दर्शकले राम्रो लागेको भनि प्रतिक्रिया दिएका छन् । निर्माण यूनिटले चलचित्रको रिलिज मिति समेत तय गरेको छ । आगामी पौष २१ गते सार्वजनिक प्रदर्शनमा आउने ‘विन्दास लाइफ’ मा रामेश्वर हुँमागाईको छायांकन, राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन रहेको छ ।

चलचित्रमा लगानी शंकर गिरी, काजल गिरी र रिया गिरीले संयुक्त रुपमा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो