निखिलको रुद्र रुप हेर्न हल पुगिन् रेखा थापा, प्रिमियरमा कसले के भने त ? (भिडियो सहित)


Filmy Kura, Jul 27, 2017 at 1:24 pm

चलचित्र ‘रुद्र’ को बुधबार साँझ राजधानीमा प्रिमियर शो गरियो । जहाँ नायिका रेखा थापा, सञ्चिता लुईँटेल देखि रमेश उप्रेती सम्म उपस्थित भएका थिए ।


लामो समय बोलचाल समेत नगरेका रेखा र निखिल एकसाथ देखिदा क्यामेराको लेन्स यी दुई तर्फ बढी फोकस भए । प्रिमियरमा निखिल भन्दा पहिले सञ्चिता आइपुगेकी थिइन् । आफ्नै फिल्मको प्रिमियर भएको दिन निखिल भने भक्तपुर एक स्टुडियो उद्घाटनका लागि रिबन काट्न पुगेका थिए ।

जब निखिलले इन्ट्रि मारे त्यसको केही समयपछि आइपुगिन् रेखा । आउन साथ एक अर्कासँग अंकमाल गरेका यी दुईले मिडियोको जिज्ञासालाई लिएर सामूहिक रुपमा अन्तर्वार्ता दिए । तर रेखा फिल्म हाफ हेरेपछि हलबाट बाहिरिइन् । निखिलले श्रीमती समेत रहेकी नायिका सञ्चितासँग सँगै बसेर दुई घण्टा लामो आफ्नै निर्माण तथा अभिनय रहेको फिल्म हेरे ।

फिल्म हेरिसकेपछि कसले के भने त थाहा पाउन तलको भिडियो हेर्नुहोला ।

फिल्मका वितरक गोपाल काजी कायस्थले साउन १३ शुक्रबार देखि देशभरका ८२ वटा हलमा यो फिल्म लाग्ने जानकारी दिए । रामजी लामिछाने निर्देशित चलचित्र ‘रुद्र’ मा निखिल सँगै दुई नयाँ अनुहार सारा र विश्व शर्माले अभिनय गरेका छन् । पहिलो पटक नेगेटिभ क्यारेक्टरमा देखिएका निखिलले चलचित्रलाई दर्शकले रुचाउनेमा आफू आशावादी रहेको अन्तमा प्रतिक्रिया समेत दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो