२ रुपैयाँको खेलले निश्चल र आशिफको ज्यान जोखिममा (भिडियो)


Filmy Kura, Jul 27, 2017 at 6:26 pm

२ रुपैयाँबाट सुरु भएको खेलले अन्तिममा करोडको चलखेल निम्त्याएपछि कलाकार निश्चल बस्नेत र आशिफ शाहको ज्यान जोखिममा परेको छ । चलचित्र ‘दुई रुपैयाँ’ को बिहीबार सार्वजनिक गरिएको ट्रेलरले समग्रमा यहि बोल्छ ।

असिम शाह निर्देशित ट्रेलर रिलिज समारोहमा पत्रकार तथा सञ्चारकर्मीलाई दुईवटा गीतपनि देखाइएको थियो । जि वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको यो फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, टिका पहारी,राजन इशान, मेनुका प्रधान, प्रतिकराज न्यौपाने लगायतको अभिनय रहेको छ । आमा बिरामी परेका कारण कलाकार निश्चल भने कार्यक्रममा अनुपस्थित थिए । आशिफ शाह र आशिष रेग्मीको लेखन रहेको यो फिल्म आउँदो भाद्र २३ देखि अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो