५ वर्षको अध्ययन पश्चात प्रकाशले गरे देश खोज्दै जाँदा निर्माण


Filmy Kura, Aug 2, 2017 at 1:13 pm

प्रकाश आङदेम्बे नेपाली साहित्य सिर्जनामा धेरै सुनिएको नाम हो । नाटक, लेखन, निर्देशन, पुस्तक प्रकाशन तथा विभिन्न साहित्यिक पत्रपत्रिका सम्पादनको अनुभव बटुलेका प्रकाशले पहिलो पटक निर्देशन गरेको चलचित्र हो ‘देश खोज्दै जाँदा’ । जून चलचित्र आगामी भाद्र ८ देखि अल नेपाल रिलिज हुँदैछ ।


त्यसो त पछिल्लो समय रियालिष्टक वेसका मूभि अत्यन्तै कम बन्ने गरेका छन् । नेपाली चलचित्रकर्मी दर्शकको मनोरञ्जनका निमित्त स्वैर कल्पनाका फिल्म निर्माण गर्न नै बढी रुचाउँछन् । तथापी प्रकाशले भने दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपालीभाषि भुटानी नागरिकहरुको कथालाई पर्दामा उतारेका छन् । चलचित्रमा भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्धन्द्धलाई मार्मिक र समवेदनशीलताका साथ उजागर गरिएको निर्देशक आङदेम्बेले फिल्मीकुरालाई जनाएका छन् ।

‘देश खोज्दै जाँदा’ पाँच वर्षको लामो अध्ययन अनुसन्धान पश्चात निर्माण गरिएको चलचित्र हो । शिविरको वास्तविकतालाई कलात्मक र इमान्दार तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण स्रोतको दाबी छ । यता फिल्ममा गायक समेत रहेका कलाकार बाबु बोगटीले शीर्ष भूमिका निभाएका छन् । उनले आफूलाई कलाकार भन्दा ज्यादा गायकको रुपमा चिन्ने गरेको बताउँदै यो फिल्म हेरेपछि बाबु बोगटीमा भएको कलाकारिताको निपूणता देखिने भनाइ राखे ।

चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राइ लगायतका कलाकारले अभिनय गरेका छन् । प्रकाश आङदेम्बे लिखित तथा निर्देशित यस फिल्ममा आभाषको संगीत, उपेन्द्र सुब्बाको पटकथा र सञ्जय लामाको छायांकन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो