के शिल्पालाई शरणार्थी भन्दा विरङ्गना नै प्यारो लागेको हो ?


Filmy Kura, Aug 2, 2017 at 1:56 pm

नायिका शिल्पा पोखरेल अभिनित चलचित्र ‘हामी शरणार्थी’को यसै साता प्रेस मिट गरिएको थियो । जहाँ उनले आउछु भन्ने वाचा दिएकी थिइन् । मिडिया को–अर्डिनेटर कुमार आचार्यले बताए अनुसार शिल्पाले आइतबार साँझ सोमबार डाकिएको पत्रकार सम्मेलनमा आफू जसरीपनि उपस्थित हुने बताएकी थिइन् । तर उक्त दिन उनको अनुपस्थिती रह्यो । कारण बन्यो ‘विरङ्गना’ ।


यो फिल्मको सुटिङमा पुग्नै पर्ने भएपछि शिल्पा ‘हामी शरणार्थी’मा आउन सकिनन् । तथापी चलचित्रका निर्देशक विजय केरुङ, नायक जीवन भट्टराईको साथ अन्य मेम्वर कार्यक्रममा अपस्थित थिए । समारोहमा बोल्दै निर्देशक केरुङले यो चलचित्र सत्य घटनामा आधारित रहेको बताए । पूर्व नेपालका विभिन्न शरणार्थी शिविर पुगेर यस फिल्मको छायांकन गरिएको उनले स्मरण गरे ।

यता चलचित्रका नायक भट्टराईले यस फिल्मबाट दर्शक समक्ष आफ्नो परिचयलाई केही हद सम्म भएपनि फराकिलो पार्न सक्छु भन्ने विश्वास व्यक्त गरे । सत्य घटनामा निर्माण भएको फिल्ममा काम गर्दाको आनन्द छुट्टै मिल्ने उनको भनाइ थियो । भुटानबाट लखेटिएर नेपालमा शरण लिई बसेका शरणार्थीको कथामा यो चलचित्र निर्माण भएको छ ।

त्यसो त चलचित्रका कलाकारले फिल्म रिलिजका बखत पर्याप्त समय नदिदा बेला बखत निर्माता आक्रोशित हुने गरेका छन् । लाखौ लगानी गरेर निर्माण गरिएको फिल्मलाई कलाकारले केबल काम पूर्व महत्वका साथ हेर्ने र सुटिङ सकिए पश्चात बाल नदिने गरेको पाइन्छ । तर शिल्पाले भने समय मिलाएर यो फिल्मको प्रचारका लागि समय खर्चने वाचा गरेकी छिन् ।

आगामी भदौ ८ देखि यो चलचित्रले देशभरिका सिनेमा घरबाट प्रदर्शनको आरम्भ गर्दैछ । चलचित्रमा लगानी अर्जुन कुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटी मिलेर गरेका छन् । हिमाल केसीको द्धन्द्ध, उत्तमजंग लिम्बुको संगीत, भिषण मुकारुङ, दीपा लामाको गायन रहेको फिल्ममा कमल राईको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो