पिरतीको बाटोले ओगट्यो युट्युवको ट्रेन्डिङ वान स्थान (भिडियो सहित)


Filmy Kura, Aug 2, 2017 at 2:35 pm

युट्युबमा चर्चित बनेको ग्रुप ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको म्यूजिक भिडियो ‘जता जता पिरतीको बाटो…’ नेपालको ट्रेन्डिङमा पहिलो नंबरमा आएको छ । अपलोड गरिएको केहि १२ घण्टामानै गीत नेपालको ट्रेन्डिङमा पहिलो स्थानमा पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भिडियोलाई ३ लाख ८० हजारभन्दा धेरैपटक हेरिएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल बताइएको छ ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । यो भिडियोमा संजय लामाको छायांकन छ ।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ । कार्टुन्ज क्रुले यो भिडियोलाई आफूहरुको कमब्याक बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो