कलाकारितामा सफल नहुँदै किन मेकिङमा हात हालिन् सपनाले ? (भिडियो सहित)


Filmy Kura, Aug 2, 2017 at 3:15 pm

त्यसो त पछिल्लो समय चलचित्रका नायिकाहरु एक पछि अर्को गर्दै मेकिङमा हात हालिरहेका छन् । रेखा थापा देखि हाल आएर निशा अधिकारी सम्मले अभिनयसँगै निर्माणमा आफूलाई क्रियाशिल गराउँदै लगेका छन् ।

सुस्मिता केसी, ऋचा शर्मा, शिल्पा पोखरेल आदि नायिकापनि निर्माणमा संलग्न भइसकेका छन् । यसैक्रममा नायिका हुने सपनाले चितवनबाट आज भन्दा ६ वर्ष अघि राजधानी प्रवेश गरेकी सपना लामिछानेले भने सुरुवाती दिनमा सर्ट मूभि गरिन् । ठूलो पर्दाको फिल्मपनि खेलिन् । तर विडम्बना उनले पहिलो पटक क्यामेरा फेस गरेको चलचित्र ‘फुटपाथ’ रिलिज नै भएन ।

पहिलो गास मै ढुङ्गा भनेजस्तो आफूले गरेको काम नै दर्शक समक्ष पुग्न नपाएपछि उनमा नैराश्यता छाउनु स्वभाविक थियो । त्यसलाई उनले एक्सपेरिमेन्टको रुपमा लिइन् । जून फिल्डमा उनले आफ्नो भविष्य कोर्ने अठोट लिएकी थिइन् त्यसलाई साकार पार्न उनले अथक मिहेनत र प्रयास गर्नु नै थियो । सपनाले हिम्मत हारिनन् । सर्ट मूभि खेलेर अश्लिलता फैलाएको भन्ने आरोपलाई चिर्न भएपनि उनले राम्रो फिल्म खेल्नु आवश्यक थियो । व्यक्तिगत चरित्र नै धमिल्याउने प्रयास हुन थालेपछि उनले आफूलाई अपग्रेड गर्ने विचार गरिन ।

त्यसपछि जन्मियो उनकै लगानीमा चलचित्र ‘विन्दास लाइफ’ । हो, सपनाले यस चलचित्रमा शीर्ष रोल र मेकिङको पाटो सम्हालेकी छिन् । त्यसो त यो फिल्मको निर्देशन राजु गिरीले गरेका हुन् । उनको नाम लिन साथ धेरैले नाक खुम्च्याउने गर्छन् । कारण हो स्तरिय फिल्म बनाउने ढङ्ग उनमा छैन भन्ने भान धेरैलाई परेको छ । तथापी रोमान्टिक फिल्म बनाउने मामलामा यो पटक राजुले नायिकालाई अर्धनग्न बनाएका छैनन् रे, कुराकानीको सिलसिलामा नायिका तथा निर्मात्री लामिछानेले हामीलाई यसै बताएकी छिन् ।

चलचित्रको हाल पहिलो गीत रिलिज गरिएको छ । क्रमिक रुपमा फिल्मको पब्लिसिटी म्याटर आउट गर्ने तयारीमा रहेकी उनले फिल्मीकुरा टिभीको अन्तर्वार्तामा जीवनको आरोह अवरोह र फिल्मी यात्राको विषयमा यसरी मनका कुरा सेयर गरेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो