रेखासँग रुमाल चिनो माग्दै आर्यन, हेर्नुस् रुद्रप्रियाको पहिलो गीत (भिडियो)


Filmy Kura, Aug 2, 2017 at 9:10 pm

प्रतिक्षित चलचित्र ‘रुद्रप्रिया’ को पहिलो भिडियो गीत रिलिज गरिएको छ । युट्युव मार्फत रिलिज गरिएको गीतमा नायक आर्यन सिग्देलले नायिका रेखा थापालाई रुमाल चिनो मागेको देख्न पाइन्छ ।

४ घण्टामा ८५ हजार पटक हेरिएको यो गीतमा स्वर राजनराज शिवाकोटी, मेलिना राई र ग्रिष्मा शिवाकोटीको रहेको छ । शब्द तथा संगीत राजनराज कै रहेको यस गीतमा कोरियोग्राफी प्रविन सिंहले गरेका छन् । डान्सिङ विटको यो गीतमा वर्षौ पछि आर्यन र रेखा एकसाथ कम्मर भाच्दै नाचेका छन् ।

कुनै समय अत्याधिक पर्दामा रुचाइएको यो जोडीलाई पुन एकपटक दर्शकले ‘रुद्रप्रिया’ मा सँगै हेर्न पाउने भएका छन् । कात्तिक २ गतेबाट अल नेपाल प्रदर्शनमा आउने यस फिल्ममा स्वरस्वती थापा र आर्यन फिल्मस्को लगानी रहेको छ । चलचित्रलाई सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो