यस्तो छ प्रेमगीत २ को वास्तविक व्यापार रिपोर्ट


Filmy Kura, Aug 4, 2017 at 12:27 pm

‘प्रेमगीत २’ वर्षकै सर्वाधिक ग्रसर बनेको छ । रोमान्टिक ड्रामाले पहिलो साता बक्सअफिसमा पैसा छाप्यो । सातदिनमा ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ ग्रस ।

यी अंकगणितको पर्दा पछाडि कारण लुकेका छन् । ब्रान्ड भ्यालु, हिरो क्रेज, वर्ड अफ माउथ र मनोरञ्जनका आयाम । मोफसलबाट १ करोड ८७ लाख र राजधानी टोरिटोरीबाट २ करोड ३० लाख रुपैयाँ ग्रस । पहिलो सातामाथि विवेचना गरौं । निर्माताले मोफसलबाट मात्रै ८५ लाख सेयर प्राप्त गर्नेछन् । मुख्य फिल्मी बजार काठमाडौंबाट झन्डै १ करोड १३ रुपैयाँ सेयर निर्माताले पाउनेछन् ।

२ करोडमा निर्माण भएको फिल्मले करिब लगानी सुरक्षित गरेको छ । मोफसल र काठमाडौंबाट मात्र निर्माता सन्तोष सेनको बैंक खातामा १ करोड ९८ लाख रुपैयाँ सेयर बचत हुनेछ । बक्सअफिस सूचक दोस्रो साता पनि सशक्त हुनेछन् । अधिकांश हलले फिल्मलाई दोस्रो साता पनि निरन्तरता दिएका छन् । क्यूएफएक्सले काठमाडौंका आउटलेटमा नौ सोज दिएको छ । यी सोज दोस्रो साता प्रवेशका लागि आकर्षक र सुखद दुबै हुन् ।

भारतीय सिनेमा ‘जब ह्यारी मेट सेजल’को कमजोर समिक्षाको फाइदा ‘प्रेमगीत २’ लाई पुग्नसक्ने प्रारम्भिक विवरण बताउँछन् । पहिलो साताको अन्तिम दिन विहिबार समेत सिंगल र मल्टिप्लेक्स दुबै आउटलेटमा ‘प्रेमगीत २’ ६० प्रतिशतमाथिको अकुपेन्सीसहित प्रदर्शन भयो । कुमारी हलमा विहिबार बेलुका घरेलु सिनेमाका हु इज हुले फिल्म हेरे अनि सुखद प्रतिक्रिया दिलाए ।

रामशरण पाठक निर्देशित सिनेमामा प्रदीप खड्का, सन्तोष सेन र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । देशभक्ति प्रेमकथा बोकेको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो