थुतुनो र मुतुनो डायलगले चर्चामा रोजिशा, भन्छिन्, ‘कान्तिपुरमा जागिर खान पावर लाउन परेन’


Filmy Kura, Aug 4, 2017 at 2:51 pm

‘आफ्नो थुतुनो र मुतुनो सम्हालेर राख’ यो डायलग कलाकार रोजिशा शाही ठकुरीले चलचित्र ‘ग्याङस्टर ब्लुज’ मा बोलेको डायलग हो । जून डायलग हाल चर्चामा छ ।

रोजिशा मिस नेपाल अर्थ् २०१३ कि विजेता हुन् । उनले यो उपाधी पाएसँगै मिडियो जोइन् गरिन् । अरुलाई मिडियामा जागिर खानका लागि पावर लगाउन परेपनि उनलाई भने मिस अर्थ् विजेता भएसँगै कान्तिपुर टेलिभिजनका सुरज सिंह ठकुरीले सिधै फोन गरे । र, जागिरको अफर गरे ।

यसपछि बदलियो रोजिशाको दैनिकी । टेलिभिजनमा कार्यक्रम गरिरहेकी रोजिशालाई अभिनेत्री ऋचा शर्माले ‘आधा लभ’ फिल्ममा ब्रेक दिइन् । त्यसपछि निर्देशक हेमराज विसीको नजर प¥यो रोजिशामा । उनले निर्देशन गर्ने फिल्म ‘ग्याङस्टर ब्लुज’ का लागि कलाकार चाहिरहेको थियो । सुहाउँदो क्यारेक्टर रोजिशामा पाएपछि उनले यो फिल्ममा उनलाई खेलाए ।

टेलिभिजन र फिल्मलाई सँग सँगै अगाडी बढाएकी रोजिशासँग फिल्मीकुरा टिभीले ‘ग्याङस्टर ब्लुज’ फिल्मसँग सम्बन्धित रहेर रोचक कुराकानी गरेको छ ।

ख्याल रहोस् सरोज न्यौपाने निर्मित यस फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरी, प्रमोद अग्रहरी लगायतको अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो