ग्याङस्टर ब्लुज टिम पोखरा हुँदै बुटवलको यात्रामा, सेल्फीको मजा लिदै आना र आशिरमान


Filmy Kura, Aug 7, 2017 at 1:04 pm

भाद्र २ रिलिज चलचित्र ‘ग्याङस्टर ब्लुज’ टिम यतिबेला मोफसल दौडाहमा निस्केको छ । फिल्म रिलिज संघारमा यसका शीर्ष कलाकार आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही सहित निर्माता सरोज न्यौपानेको टिम शनिबार पोखरा गएको हो ।


पोखराका दर्शकले कलाकारसँग सेल्फी खिचाए । दर्शकसँग आफू अनिभित फिल्मको विषयमा जानकारी गराउन पाउँदा आना र आशिरमान खुसी देखिन्थे । पोखराको विभिन्न कलेजका विद्यार्थीसँग ‘ग्याङस्टर ब्लुज’ टिमले साक्षात्कार गरेको थियो ।


सोमबार भने यो टिम बुटवल प्रस्थान गरेको छ । टिममा संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटापनि रहेका छन् । निर्माता सरोजले फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘संगीतकार कालीप्रसाद बाँस्कोटाका साथ आज हाम्रो ग्याङस्टर टिम बुटवलका विभिन्न स्थानहरुमा लाइभ म्युजिक कन्सर्ट लिएर आएका छौ । बुटवलमा बस्नुहुने सम्पूर्ण दर्शकहरुलाई निमन्त्रणा ।’ बुटवलका दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्न कालीप्रसाद रेडी छन् ।

ख्याल रहोस् यस अघि ‘होस्टेल’ र ‘जेरी’ जस्ता सफल चलचित्र दिएका हेमराज विसी निर्देशित चलचित्र हो ‘ग्याङस्टर ब्लुज’ । एक्सन प्रधान यस फिल्मलाई युवापुस्ताका कलाकारले लिड गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो