ध्रुव र बेनीको उल्झनमा रजनी, फूयाँल स्टुडियोबाट सुरु गरियो सुटिङ


Filmy Kura, Aug 7, 2017 at 1:30 pm

पारिवारिक कथामा चलचित्र ‘उल्झन’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रको आजैबाट भक्तपुरमा केही दिन अघि सञ्चालनमा आएको फूयाँल स्टुडियोबाट छायांकन प्रारम्भ गरिने जानकारी गराइएको छ । ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी विष्ट लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् ।


समारोहमा बोल्दै निर्देशक अधिकारीले भने, ‘उल्झनमा एउटा युवाले विदेशमा भोग्नु परेको पीडा अनि आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदाको पारिवारिक सम्बन्धमा दरार कसरी हुन पुग्छ भन्ने विषयवस्तुलाई उठाउँन खोजिएको छ ।’ यता नायिका रजनीले आफ्नो तर्फबाट ‘उल्झन’ मा बेष्ट दिने काम गर्ने बताइन् ।

आशुतोष फिल्मस् प्रोडक्सन प्रा.लि.को व्यानरमा तेजेन्द्र कँडेल प्रस्तुत यस चलचित्रमा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहनेछ । कुमार महर्जनको द्धन्द्ध, शिव विकको नृत्य रहने फिल्ममा संगीत हिरामणि न्यौपाने र दिनेश गौतमले दिनेछन् । लक्ष्मण घिमिरे चलचित्रका छायांकार हुन् ।

फिल्म राम्रो बनोस् भनि चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो