व्यापक प्रचारले मोफसल संरक्षणमय, निखिल र सौगात छन् लिडमा


Filmy Kura, Aug 7, 2017 at 2:01 pm

साउन २७ गते प्रदर्शनमा आउँन लागेको सिनेमा संरक्षणुले मोफसल दौडाह सुरु गरेको छ । पुर्वको बिर्तामोडबाट सुरु गरेको मोफसल दौडाह दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर मोफसल टुर सकिनेछ ।

यो दौडाहमा सिनेमा सम्वन्धि जानकारी दर्शक माँझ पुर्याउदै निर्माण टिमले नारायणगढमा बुधबार सिनेमाको प्रिमियर शो सम्पन्न गर्नेछ । मोफसल टुरमा सिनेमाका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन । ट्रेलर, पोस्टर र गीतले गर्दा ुसंरक्षणु पछिल्लो समय चर्चामा रहेको सिनेमा हो ।


पुर्णेन्दु झा निर्देशित सिनेमाले मधेश राजनीतिको कथा भन्छ । यो सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमामा प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको पनि लगानी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो