बलिउडको भन्दा स्तरिय फिल्म बनाएर देखाइदिन्छु : जय किशन बस्नेत


Filmy Kura, Aug 7, 2017 at 2:43 pm

निर्माता, निर्देशक तथा कलाकार जय किशन बस्नेतले बलिउडलाई मात खुवाउन सक्ने फिल्म बनाउने क्षमता आफूमा रहेको दाबी गरेका छन् । उनले यदि लगानीकर्ताले कुनै कम्परमाइज नगरीकन पैसा लगाउने हिम्मत गर्छ भने त्यो प्रकारको फिल्म बनाउन सकिने जयले बताएका हुन् ।

उनले नेपाली फिल्म स्तरिय नबन्नुको पछाडि लगानी प्रमुख कारण रहेको बताए । त्यसो त फिल्मको कथा पटकथापनि सशक्त नभइदिदा गरेको लगानीले सोचेजस्तो प्रतिफल नदिने उनको भनाइ छ । फिल्मीकुरा टिभीसँग अन्तर्वार्ता दिदै जयले कलाकारिता क्षेत्रमा बिताएको लामो अनुभवलाई क्रमिक रुपमा सेयर गरेका छन् ।

उनी निर्मित तथा निर्देशित चलचित्र ‘धुम २’ रिलिज पर्खाइमा छ । आगामी भदौ ८ अर्थात नारीहरुको महान पर्व तीजलाई लक्षित गर्दै अल नेपाल प्रदर्शनमा आउने यस फिल्ममा जयले प्रमुख भूमिका समेत निभाएका छन् । जयको अलवा फिल्ममा महिमा सिलवाल, रोहित रुम्बा, सिर्जना भट्टराईको अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो