१६ वर्षको निरन्तरतालाई ब्रेक गर्दै गाईजात्रा नगर्ने निर्णयमा जितु नेपाल


Filmy Kura, Aug 8, 2017 at 3:44 pm

यो वर्षको गाईजात्रा कार्यक्रम हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ ले नगर्ने निर्णय गरेका छन् । प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको कार्यक्रममा यो पटक जितुले कुनै पनि प्रस्तुति आफ्नो नरहने स्पष्ट पारेका हुन् ।

४० वर्षदेखि प्रज्ञा भवन कमलादीमा हुँदै आइरहेको गाईजात्रा विशेष कार्यक्रममा जितुले १६ वर्ष देखि प्रस्तुति दिदै आइरहेका थिए । उनी निर्देशित लोकप्रिय टेलिफिल्म ‘जिरेखुर्सानी’ बन्द भएसँगै अर्का हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेलले ‘ब्रेक फेल’ सुरु गरे । ‘जिरेखुर्सानी’ कै अधिकांश कलाकार नयाँ टेलिफिल्ममा आबद्ध रहेपनि जितु भने एक्लिए । यो पटक ‘तिते जिरे ब्रेकफेल’ गाईजात्रा नाम दिइएको कार्यक्रममा जितुले कार्य व्यस्तता देखाउँदै सहभागी हुन नसक्ने जनाएका हुन् ।

विशेषत् अमेरिकामा हुन गइरहेको एक अवार्डमा सहभागी हुन जानै पर्ने भएकाले यो पटक गाईजात्राको यात्रालाई रोक्नु परेको जितुले बताएका छन् । उनी अगाडि भन्छन्, ‘गाईजात्रा सुरु गरेपछि बिसर्जन नै नगरी बिचमै छोडेर हिड्दा दर्शकलाई धोका दिए जस्तो होला भनेर पुरै कार्यक्रम नगर्ने निर्णय गरे । म नभएपनि हाम्रो सम्पूर्ण टिमको उत्कृष्ठ प्रस्तुति रहनेछ ।’

उनले सम्पूर्ण गाईजात्राको समुहलाई शुभकामना सहित कार्यक्रम पूर्ण सफलताको कामना गरेका छन् । आज साँझ ५ बजे प्रज्ञा भवनमा गाईजात्राको पहिलो शो हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो