ऐश्वर्य गीतमा देखियो उत्कृष्ट मेकिङ क्वालिटी, दीपिका रोएको पल के गर्नेछन् रमेश ?


Filmy Kura, Aug 11, 2017 at 7:38 pm

नायक रमेश उप्रेतीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’ को पहिलो गीति भिडियो शुक्रबार रिलिज गरिएको छ । अभिनयमा लामो अनुभव संगोलका रमेशले निर्माण गरेको फिल्मको गीतमा उत्कृष्ट मेकिङ क्वालिटी देख्न सकिन्छ ।

नेपालको मनोरम दृश्यलाई कैद गरिएको छ गीत भित्र । रमेश उप्रेती र डेव्यू नायिका दीपिका प्रसाई फिचर गीतमा तेन्जु योञ्जन र अन्जिला खत्रीले नृत्य निर्देशन गरेका छन् । पछिल्लो समय आफ्ना सिर्जना मार्फत दर्शक श्रोता समक्ष प्रिय बनेका अर्जुन पोखरेलको शब्द तथा संगीत यस गीतमा रहेको छ । ‘तिमी रोएको पल’ बोलको गीतमा आवाज पाश्र्व गायनमा एकछत्र राज गरेका गायक सुगम पोखरेल र गायिका अन्जु पन्तले दिएका छन् ।

कुनै समय आफ्नो अभिनय कलाले अत्याधिक दर्शक साथ बटुेलका रमेशको क्रेज लोभलाग्दो थियो । बीचमा अमेरिका पुगेका उनी त्यहाँ चलचित्र बेगरको जिन्दगीमा रमाउन सकेनन् । त्यसपछि पुन नेपाल फर्किएका उनी फिल्म मै लागिपरे । ‘ब्रासलेट’ मार्फत कमब्याक गरेका रमेशले झण्डै डेढ करोड लगानी ‘ऐश्वर्य’ मा लगाएका छन् ।

फिल्मीकुरासँग संवाद गर्दै उनले भने, ‘मेकरको हैसियतले उत्कृष्ट फिल्म दिने मेरो पहिलो प्रयास रहेको छ । ऐश्वर्यमा तीन पुस्ताका कलाकारलाई दर्शकले हेर्न पाउनुहुनेछ ।’ कुनै समय ह्यान्डस हिरोको ट्याग पाएका अर्जुन जंग शाही देखि अर्जुन श्रेष्ठ, अभिनेत्रीको भिडमा छुट्टै पहिचान बनाएकी केकी अधिकारी सम्मले यस चलचित्रमा अभिनय गरेका छन् । साथमा कान्छो पुस्ताको प्रतिनिधीको रुपमा नवनायिका दीपिकालाई पाउन सकिन्छ ।


कात्तिक २ गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउनेछ । उक्त समारोहमा रमेशलाई शुभेच्छा प्रकट गर्न करिष्मा मानन्धर, झरना थापा, दीपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’ लगायतका कलाकार पुगेका थिए ।

‘ऐश्वर्य’ लाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो