सिर्जनाको एक इशाराले जयको भयो दिल बिचरा, धुम २ को उधुम मच्चाउने गीत रिलिज


Filmy Kura, Aug 11, 2017 at 8:19 pm

चलचित्र ‘धुम २’ को दोस्रो गीत रिलिज गरिएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ ।

भाद्र ८ रिलिज चलचित्र ‘धुम २’ को उधुम मच्चााउने यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ । डान्सिङ नम्वरमा जय र सिर्जनाले एकसाथ कम्मर मर्काएका छन् । जून गीत दर्शकलाई मन पर्न सक्छ । टंककै संगीत समावेश गीतका रचनाकार दिनेश सुवेदी हुन् ।

जय आफैले यस गीतको कोरियोग्राफी गरेका हुन् । उनी स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा कमेडी, एक्सन, रोमानस र सेन्टिमेन्ट सबै पक्ष समावेश गरिएको छ । लामो समय कलाकारितामा व्यतित गरेका जय भर्सटायल व्यक्तित्वको रुपमा चिनिन्छन् । उनले ७ वर्ष अघिको ब्लकबस्टर फिल्म ‘धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन् । त्यसो त यो फिल्म सिक्वेल भने होइन केबल उनले टाइटल क्रेटिड लिएका हुन् ।

नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा एन.वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो