प्रिमियरमा रुचाइयो भुईंमान्छे, रमेशको कामलाई सर्वत्र तारिफ


Filmy Kura, Aug 16, 2017 at 10:02 am

चलचित्र ‘भुईंमान्छे’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । मंगलबार साँझ राजधानीको एक हलमा यो फिल्मको प्रिमियर गरिएको थियो । जहाँ चलचित्र क्षेत्रका अधिकांश मानिस फिल्म हेर्न हल आएका थिए ।

सिट क्षमता भन्दा बढी पाहुनाको उपस्थिती हुँदा कतिले भुईंमै बसेर फिल्म हेरे । हाल सम्मकै फरक कथावस्तु उठान गरिएको चलचित्रमा रमेश बुढाथोकी र सिपोरा गुरुङ शीर्ष भूमिकामा रहेका छन् । लामो समय कलाकारिता क्षेत्रमा बिताएका बुढाथोकीको अभिनयलाई सबैले तारिफ गरे । पोष्टमार्टमको विषयमा निर्माण भएको यस फिल्मले दर्शकलाई नयाँ टेष्ट दिनेमा दुई मत छैन ।

आम दर्शकले भने यो फिल्म भाद्र २ गतेबाट नजिकका सिनेमा घरमा हेर्न पाउनेछन् । प्रिमियरमा उत्साहप्रद प्रतिक्रिया मिलेपछि कलाकार बुढाथोकी फेसबुकमा लेख्छन्, ‘दर्शकहरुबाट पाएको अत्यन्त सकारात्मक प्रतिक्रिया र अपार मायाले मन बिभोर भएको छ ।’

रोहिणी भट्टराई निर्मित यस फिल्मलाई नवराज बुढाथोकीले लेखन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो