भुइँ मान्छे हेर्न सन्तोष पन्त देखि प्रज्ञा प्रतिष्ठानका कुलपति हल पुगेपछि…


Filmy Kura, Aug 21, 2017 at 3:29 pm

गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘भुइँ मान्छे’ लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले हेर्नु भएको छ । आफ्नो परिवार सहित कुलपति उप्रेती शनिवार साझ सिभिल मल स्थित क्युएफएक्समा ५:३० बजेको शो हेर्न पुग्नु भएको थियो । उहासंगै पुराना कलाकार सन्तोष पन्तले पनि फिल्म हेर्नु भयो । पन्त २ महिना पछी फिल्म हेर्न हलमा पुग्नु भएको रहेछ भने कुलपति उप्रेतीले १६ वर्षपछी फिल्म हेर्नु भएको रहेछ ।

पछिल्लो फिल्म पन्छी(सन् २००१) हेरे यता उहा हलमा फिल्म हेर्न नपुगेको बताउनु भयो । नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्म ’भुइँ मान्छे’ मा पोष्टमार्टमका लागि ल्याइने शव चिर्ने व्यक्तिको जीवनीमा आधारित छ । रोहिणी भट्टराईको निर्माण रहेको यस फिल्ममा रमेश बुढाथोकी , सिपोरा गुरुङ , सहिन प्रजापति लगायतको अभिनय रहेको छ । फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया बटुली रहेको छ भने यसको फरक विषयवस्तुलाई रुचाइएको छ ।

फिल्म हेरेपछि कुलपति उप्रेती र कलाकार पन्तले दिएको प्रतिक्रिया ।

गङ्गा प्रसाद उप्रेती , कुलपति ( मलाई ट्रेलरले नै आकर्षित गरेर फिल्म हेर्न आएको हु । जुन समय छुट्याएर झन्डै १५ वर्ष पछी म फिल्म हेर्न आएको थिए , त्यसको सदुपयोग नै भयो । नेपाली फिल्म बन्ने शैली मात्र फेरिएको रहेनछ , नयाँ विषयवस्तु पन्नी हेर्न पाइयो । फिल्मले दर्साउने मनोविज्ञानबाट हामीले केहि सिक्नु पर्छ जस्तो लाग्छ र ति व्यक्तिको पेशालाई पनि हामीले सम्मान गर्न सक्नु पर्छ । साथै फिल्ममा देखाइएको दृश्यले पर्यटनलाई पनि टेवा पुग्ने मेरो विश्वास छ । राम्रो फिल्म हेर्न निम्त्याउनु हुने भुइँ मान्छे टिमलाइ धन्यवाद ।

सन्तोष पन्त , कलाकार ( मैले २ महिनापछी फिल्म हेरे र निकै राम्रो लग्यो । प्राय निर्माता निर्देशकले आफ्नो फिल्मलाई फरक विषयवस्तु भन्छन तर यो साचै फरक छ । नेपाली फिल्ममा यसैगरी आफ्नै मौलिक नयाँ विषयलाई दर्शक समक्ष लग्नु पर्छ । यो फिल्म हेर्दा केहि फरक अनुभव हुन्छ अनि कलाकारले निकै राम्रो काम गर्नु भएको छ । मलाई त राम्रो लग्यो तपाइँ पनि समय निकालेर हेर्नुस है त ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो