एक्सन अवतारमा पल, आँचलको लागि मोले यति ठूलो जोखिम (भिडियो)


Filmy Kura, Aug 22, 2017 at 2:22 pm

प्रेम र द्धन्द्धको समिश्रण रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ को ट्रेलर सार्वजनिक भएको छ । पल शाह र आँचल शर्मा मुख्य भूमिकामा रहेको यस फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

त्यसो त पल शाहलाई रोमान्टिक हिरोको रुपमा दर्शकले ज्यादा रुचाएका छन् तर उनलाई यो फिल्ममा लभर ब्वाईको साथमा एक्सन अवतारमा देख्न सकिन्छ । ‘नाई नभन्नू ल ४’ बाट रजतपट डेव्यू गरेका यी दुईको जोडीलाई पुन दर्शकले यो फिल्ममा सँगै हेर्न पाउने भएका हुन् ।

एजि इन्टरटेन्मेन्ट प्रस्तुत चलचित्रमा पल र आँचलको अलवा विक्रम जोशी, जैन कुँवर, सन्तोष सिलवालको अभिनय रहेको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, रुपेश थापा र राम शरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल, हर्कुलस बस्नेत, ब्रिजेस श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । चलचित्रलाई एन्ड्रिउ पौडेलले निर्माण गरेका हुन् ।

ट्रेलरलाई एक दिनमा झण्डै तीन लाख पटक युट्युवमा हेरिएको छ । चलचित्र यहि भदौ ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो