प्रेमीकाको यादमा तड्पीएका हसन उर्फ रोमियोको माथि भेट्ने चाहाना (भिडियो)


Filmy Kura, Aug 22, 2017 at 4:03 pm

हसन राजा खान नेपाली फिल्ममा भविष्य खोज्दै संघर्ष गरिरहेका नायक । जसले निर्माणलाई पनि एकसाथ अघि बढाएका छन् । ‘अलविदा’ फिल्मबाट डेव्यू गरेका खानले आफ्नै प्रोडक्शनमा निर्माण गरेको चलचित्र ‘रोमियो’ आगामी कात्तिक १७ गतेदेखि अल नेपाल रिलिजमा आउनेछ । चलचित्रको हाल स्याड भर्सनको लिरिकल सङ रिलिज गरिएको छ ।

गीतमा प्रेमी प्रेमीका एक अर्काको यादमा तड्पीएको भावलाई अभिव्यक्त गरिएको छ । ‘तिम्रो यादमा’ बोलको गीतमा स्वर कुर्वान अलि खान र अमृता लिम्बुको सुन्न सकिन्छ । यी दुईकै शब्द तथा संगीत समावेश गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् ।

फिल्ममा हसन राजा खान, निशा अधिकारी, ओशिमा बानु, विकास खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् । यस अघि नै रिलिज हुने भनिएपनि प्राविधिक कारणवस फिल्मको रिलिज पोष्टपोन्ड भएको हो ।

एचआरके प्रोडक्शन प्रस्तुत ‘रोमियो’ लाई शंकर कार्कीले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो