सञ्चिता र मलिनासँग राजको प्रेमलिला, शेरलाई मार्न यस्तो प्लान (भिडियो)


Filmy Kura, Aug 23, 2017 at 6:44 pm

चलचित्र ‘लिला’ को ट्रेलर रिलिज गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम मार्फत भाद्र ३० फिल्मको ट्रेलर रिलिज गरिएको हो । नायिका सञ्चिता लुइँटेल र मलिना जोशीसँग नायक राज कटुवालको प्रेमलिला चलचित्रमा मुख्य रुपमा उठाइएको छ ।

प्रेम, प्रेमले निम्त्याउने द्धन्द्ध र त्यसको सेरोफेरोमा हुने बदलाको घटनालाई चित्रण गर्न खोजिएको ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । काष्टको कुरा गर्ने हो भने अहिलेका सम्भावना बोकेका नायक राज चलचित्रको शीर्ष भूमिकामा रहेका छन् । उता सञ्चिता कुनै समय आफ्नो बेजोड अभिनयले दर्शकमाझ रुचाइएकी नायिकामा पर्छिन् । त्यस्तै मलिनापनि एकपछि अर्को फिल्म मार्फत दर्शक रुजाउन लागिपरेकी नायिका हुन् ।

सिने दर्पण इन्टरटेन्मेन्ट प्रस्तुत ‘लिला’ मा राज, सञ्चिता र मलिनाको अलवा ध्रुव कोइराला, देविराम पराजुली, जेएन घिमिरे, यादव वैरागी, सिपी पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, कमल राईको कोरियोग्राफी, अष्ट महर्जनको फाइट रहेको छ । लक्ष्मण बस्नेतको लेखन रहेको यस फिल्मका प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगाल हुन् । स्वयम लेखक र विमला घिमिरेको चलचित्रमा लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो