अधिकांश हलमा धुम २ को पकड, तीज लक्षित फिल्म बिहीबार नै लाग्ने


Filmy Kura, Aug 23, 2017 at 7:16 pm

फ्राइडे रिलिज परम्परालाई तोड्दै चलचित्र ‘धुम २’ भाद्र ८ बिहीबारबाटै देशका अधिकांश हलमा लाग्ने भएको छ । सोही दिन परेको हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित यस फिल्मले सिंगल स्क्रिनमा राम्रो दर्शक साथ पाउने अपेक्षा निर्माण यूनिटको छ ।

फिल्मका वितरक समेत रहेका पुराना चलचित्रकर्मी मदन ताम्राकारले ‘धुम २’ ले देशका अधिकांश हल पाएको बताए । कमेडी फ्लेवरको यस फिल्ममा एक्सन, रोमान्स देखि सेन्टिमेन्ट सम्मको पक्षलाई समावेश गरिएको छ । जय किशन बस्नेतको लेखन, निर्देशन तथा निर्माण रहेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, संजोग राणा, रोहित रुम्बा, शोभित बस्नेत र महिमा सिलवालको मुख्य भूमिका रहेको छ ।

आफ्नो फिल्म नारी प्रधान भएकाले गर्दा तीजमा ल्याएको कलाकार तथा निर्देशक जयले बताए । बिदाको दिन परेकाले फिल्म हेर्न आउने दर्शकको संख्या अन्य दिनको भन्दा केही माथि रहने अपेक्षा राखेका जयले फिल्मले हन्ड्रेन्ड पर्सेन्ट मनोरञ्जन दिने विश्वास व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो