तीज खान आएको धुम २ लाई अत्याधिक दर्शक साथ, अष्ट र गोपी हाउसफूल


Filmy Kura, Aug 24, 2017 at 6:04 pm

आजबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘धुम २’ लाई उत्साहपूर्ण रुपमा दर्शक साथ मिलेको छ । उपत्यका र मोफसलमा फिल्मले सुखद ओपनिङ गरेको छ । फिल्मका लेखक तथा निर्देशक जय किशन बस्नेतले तीज परेकालेपनि दर्शक चाप बढ्न पुगेको बताए ।

काठमाडौंको अष्ट नारायण र गोपीकृष्णमा बिहीबार ‘धुम २’ हाउसफूल रह्यो । बिहानी शो देखि नै जय किशन राजधानीका विभिन्न हलमा पुगेका थिए । वर्षातको समय भएपनि आज उति ठूलो पानी नपरेपछि स्वभाविक रुपमा दर्शक थपिएका हुन् । कमेडी जनराको चलचित्रलाई युथ अडियन्सले हलमा निकै मन पराए । फिल्म हेरिसकेपछि अष्टनाराण हलमा कलाकार जय किशन बस्नेतसँग फ्यानले सेल्फी खिचे । भर्सटायल कलाकार जयसँग भेट्न पाउँदा दर्शक दङ्ग देखिन्थे ।

फोन संवादमा जयले भने, ‘तीज लक्षित फिल्मको भिडमा धुम २ ले जून दर्शकसाथ पायो त्यसबाट म निकै उत्साहित छु । वर्षौ यहि फिल्डमा कलाकार भएर सिकेको कुरा निर्देशनमा देखाउने कोसिस गरेको थिए । मेरो कोसिसले सार्थकता पाएको छ । फिल्म हेर्ने सबैले राम्रो भनेका छन् ।’ शुक्रबार र शनिबार अझ माउथ पब्लिसिटीले दर्शक फ्लो बढ्नेमा जय ढुक्क देखिएका छन् ।

जय आफैको लेखन तथा निर्देशन रहेको यस फिल्ममा जयसँगै रोहित रुम्बा, शोभित बस्नेत, महिमा सिलवाल, सृजना भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो