तीजको दिन प्रेमगीत २ नायिका ब्रत बस्न छोडेर राहत वितरणमा


Filmy Kura, Aug 24, 2017 at 6:50 pm

आज तीज । अधिकांश नारीहरु ब्रत बसेर शिव मन्दिरमा पूजा आजा र नाच गानमा व्यस्त छन् । तर सफल चलचित्र ‘प्रेमगीत २’ नायिका अश्लेषा ठकुरी भने तीजको दिन राहत बोकेर सर्लाही पुगेकी छिन् । उनी मात्र होइन् फिल्मको टिम नै अत्याधिक वर्षाले बाढी र पहिरोको उच्च जोखिममा रहेको यो जिल्लामा राहत बोकेर पुगेको हो ।

सर्लाही जिल्लाको स्थानीय प्रहरी प्रशासनलाई साँची राखेर फिल्म यूनिटले नगद रु ४ लाख रुपैयाँ र ४ लाख बराबरको खाद्य सामाग्री आज एक कार्यक्रमका बीच क्लबलाई हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष भेष बहादुर पुलामीले उक्त राहात सामाग्री र सहयोग रकम बुझेका थिए । साथै फिल्म यूनिटले आवश्यक अध्ययन र अनुसन्धान गरी सर्लाही जिल्लाका अति प्रभावित गाउँहरु छत्रआना र मानपुर लगायतका ठाउँ जहाँ अहिले सम्म पर्याप्त राहत पुगेको छैन उक्त ठाउँमा भोलि स्थानीय प्रशासनको अनुमति र सिफारिस लिएर राहत बाड्ने जनाएको छ ।

ब्रत बसेर हुनेवाला श्रीमान असल परोस् भनी पुकार्न छोडेर बाढीले पीडित आम नेपालीको भलो होस् भन्ने चाहेकी ‘प्रेमगीत २’ नायिका ठकुरीले आफ्नो यो पटकको तीज निकै खास रहेको फेसबुक मार्फत लेखेकी छिन् । हुन पनि हो कतिले यो पटकको दर खाने खर्च कटाएर पीडितलाई दिएका छन् । तीजकै दिन बाढी प्रभावित क्षेत्रमा गएर राहत वितरण गरेको ‘प्रेमगीत २’ यूनिटको को कार्य निकै सराहनीय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो