हास्य सिरियल के जमाना आ अब एपिवान टेलिभिजनबाट प्रसारणमा आउने


Filmy Kura, Aug 25, 2017 at 5:41 pm

हास्य सिरियल ‘के जमाना आ’ अब एच.डी. क्वालीटीमा हेर्न पाइने भएको छ । नेपालको पहिलो एच.डी. च्यानल एपिवानबाट यो टेलिफिल्म साप्ताहिक रुपमा प्रसारणमा आउने भएको हो ।

टेलिफिल्मका लेखक तथा निर्देशक सिपी पुडासैनीले एपिवान टेलिभिजनसँग कार्यक्रम प्रसारणका लागि एग्रिमेन्ट भएको जानकारी दिए । उनले छिट्टै प्राइम टाइममा शृङ्खला दर्शकले हेर्न पाउने बताएका छन् । छोटो समयमा दर्शकमाझ रुचाइएको यो टेलिफिल्ममा सिपी पुडासैनी, गणेश बहादुर एसी, केशव सापकोटा, सम्झना आचार्य, नरबहादुर नेपाल, उमेश कुमार केसी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

कलाकारितालाई नै आफ्नो मूल कर्मको रुपमा अघि बढाइ रहेका सिपीले दर्शकको पहिलो रोजाई हुने हिसाबले टेलिशृङ्खलामा मिहेनत गर्ने बताएका छन् । यस अघि यो शृङ्खला नेपाल टेलिभिजनबाट प्रसारणमा आउने गर्थ्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो