प्रियंकासँग सरी मागे सौगातले, फाटेको जुत्ताको यस्तो कमाल (भिडियो)


Filmy Kura, Aug 25, 2017 at 6:08 pm

नायिका प्रियंका कार्कीसँग अभिनेता सौगात मल्ले सरी मागेका छन् । यी दुई शीर्ष भूमिकामा रहेको चलचित्र ‘फाटेको जुत्ता’ को पहिलो गीतमा सौगातले प्रियंकासँग सरी मागेको देख्न सकिन्छ ।

शुक्रबार युट्युव मार्फत रिलिज गरिएको ‘आइएम सरी’ बोलको गीतमा प्रवेश मल्लिकको शब्द, संगीत तथा स्वर रहेको छ । जसमा राजिभ समरको कोरियोग्राफी हेर्न सकिन्छ । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारले यस फिल्ममा अभिनय गरेका छन् । सौगात मधेसी मूलको क्यारेक्टरमा देखिएका छन् ।

‘चपली हाईट’ जस्तो सफल फिल्म दर्शकमाझ पस्केका मेकर अर्जुन कुमार निर्मित चलचित्र हो ‘फाटेको जुत्ता’ । जसलाई थुप्रै म्युजिक भिडियो निर्देशन गरेर चर्चामा आएका निकेश खड्काले निर्देशन गरेका छन् ।

कात्तिक १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने यस फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, निरोज महर्जनको लेखन, दिर्घ खड्काको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो