तेस्रो दिनपनि धुम २ हेर्न आउनेको ओहिरो, आजसम्मको कलेक्शनले लगानी रह्यो सेफ (भिडियो)


Filmy Kura, Aug 26, 2017 at 9:27 pm

बिहीबार देखि अधिराज्यभरका हलहरुबाट एकसाथ सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘धुम २’ ले तेस्रो दिनपनि अत्याधिक दर्शक साथ पाएको छ । शनिबार बिदाको दिन परेकाले पनि फिल्म हेर्न आउनेको संख्यामा वृद्धि भएको हो ।

फिल्मीकुरा टिम शनिबार दिवा समय अष्टनारायण हल पुगेको थियो । दिवाकालिन शोमा यो चलचित्र हाउसफुल रह्यो । भदौ ८ गतेबाट एकसाथ ४ वटा फिल्म लागेका थिए । चार चारवटा फिल्मसँग प्रतिस्पर्धा गरेको यस फिल्मलाई दर्शकले दिल खोलेर प्रशंशा गरेका छन् । हेर्ने प्राय अडियन्सले यसको प्रस्तुतिकरण र कमेडी पाटोलाई निकै रुचाइएको पाइयो ।

शनिबार फिल्म हेर्न नायक सलोन बस्नेत सँगै निर्देशक शोभित बस्नेत अष्टनारायण पुगेका थिए । फिल्म हेरेर बाहिरिएका सलोनले जय किशन बस्नेत (अंकल) को अभिनय निकै राम्रो लागेको प्रतिक्रिया दिए । कतिपय दर्शकले त जयले बोल्ने फिल्मको डायलग समेत बोलेर सुनाएका थिए । सामाजिक कथावस्तुमा एक्सन, कमेडी, रोमान्स र सेन्टिमेन्ट सबै पक्ष मिसाएर कमर्सियल फिल्म बनाएका जयले फिल्मीकुरासँग प्रतिक्रिया दिदै भने, ‘दर्शकको यति धेरै माया र साथ पाइरहेको छु । आज तेस्रो दिनपनि उत्तिकै दर्शक हल आएका छन् । आज सम्मको कलेक्शनले लगानी लगभग सेफ हुने अवस्थामा जान्छ । बाँकी मुनाफा हो । यो मायाले मलाई पुन धुम ३ बनाउने जोश जागेर आएको छ ।’

जय आफैले यो फिल्मको लेखन, निर्देशन तथा निर्माण गरेका हुन् । चलचित्रमा जय सहित रोहित रुम्बा, सृजना भट्टराई, शोभित बस्नेत, संजोग राणा लगायतका कलाकारको अभिनय रहेको छ । जीवनमा खेलका ८ वटा फिल्म रिलिज हुँदा समेत दर्शक समक्ष चिनारी नपुगेको आभाष गरेका कलाकार रोहितले नवौ रिलिज फिल्म ‘धुम २’ ले सफलता दिलाएको भन्दै खुसी व्यक्त गरे ।

गीतसंगीत ‘धुम २’को अर्को सबल पक्ष हो । टंक बुढाथोकीको संगीत समावेश यस फिल्मले सवै वर्गको मन छुन सफल भएको छ ।

 

बाँकी कुराकानी तलको भिडियोमा ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो