पल र आँचल स्टारर जोनी जेन्टलम्यानको गीत रिलिज (भिडियो)


Filmy Kura, Aug 28, 2017 at 6:20 am

पल शाह र आँचल शर्मा स्टारर चलचित्र ‘जोनी जेन्टलम्यान’को गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा प्रेसमिटको आयोजना गर्दै निर्माण यूनिटले फिल्मको दुई गीत देखाएको हो ।

कार्यक्रममा बोल्दै पलले भने, ‘मैले भन्नुपर्ने कुराहरु भनिसके । अघिल्ला दुई फिल्म भन्दा यसमा मलाई भिन्न रुपमा पाउनुहुनेछ ।’ यस अघि लभर ब्वाईको रुपमा देखिएका पल यो फिल्ममा भने एक्सन भूमिकामा रहेका छन् । उता आँचलले यो जोडीलाई विगत जस्तै यो पटकपनि साथ दिन दर्शकलाई आग्रह गरिन् ।

फिल्मलाई नितिन चन्दले निर्देशन गरेका हुन् । युवा जोश भएका निर्देशक चन्दले ट्रेलरले निकै राम्रो रेस्पोन्स पाएको बताउँदै गीत अझ मिठो बनेको भनाइ राखे । योर स्टाइल पिक्चर्ससँग एजि इन्टरटेन्मेन्टको सहकार्यमा निर्मित ‘जोनी जेन्टलम्यान’ मा एन्ड्रिउ पौडेल र अजय मल्ल ठकुरीको लगानी रहेको छ ।

सार्वजनिक गीत ‘जब जब तिम्रो साथ’ मा अर्जुन पोखरेलको संगीत रहेको छ । जसलाई चर्चित गायिका अन्जु पन्त र सम्भावना बोकेका गायक सुरेश लामाले गाएका छन् । चलचित्रको कथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । पल र आँचलको अलवा फिल्ममा विकास जोशी, जैन कुँवर र सन्तोष सिलवालको समेत मुख्य भूमिका रहेको छ ।

यहि आउँदो भदौ ३० गते अल नेपाल यो चलचित्र रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो