बुष्ट बेगरको तीन लाख भ्यूज लिला ट्रेलरलाई, भाद्र ३० हो रिलिज मिति


Filmy Kura, Aug 28, 2017 at 6:46 am

अचेल चलचित्रकर्मी युट्युवमा प्रचार सामाग्री अपलोड गरे पश्चात कति भ्यू पुग्यो भनेर जोड घटाउमा बढ्तै लागेको पाउन सकिन्छ । ट्रेलर या गीत पब्लिस गरेको २४ घण्टा मै पछिल्लो समय लाख कट्ने गरेका छन् ।

त्यसो त बदलितो परिवेशसँगै प्रविधीलाई आत्मसाथ गरिरहदा युट्युवमा प्राप्त भ्यूअर्स हल सम्म फिल्म हेर्न आउँछन् त भन्ने कुरामा भने अझै दुविधा कायम नै छ । तथापी भ्यूअर्स कसको कति बढी भन्ने कुरामा भने युट्युवलाई लिएर एकखालको प्रतिस्पर्धा हाम्रा चलचित्रकर्मीमा देखिन थालेको छ ।

यसै बीच निर्देशक रमेश कोइरालाले आफू निर्देशित चलचित्र ‘लिला’ले कुनैपनि बुष्ट बेगर तीन लाख माथिको भ्यूज पाएको फिल्मीकुरालाई बताएका छन् । त्यसो त यहाँ प्रचार सामाग्री पब्लिस भएपश्चात धेरै भ्यूज पाउने आशाले डलर खर्च गर्दै बुष्ट गर्ने निर्माता तथा निर्देशक धेरै छन् । ‘लिला’ भाद्र ३० रिलिज चलचित्र हो । जसमा सञ्चिता लुइँटेल, राज कटुवाल र मलिना जोशीको शीर्ष भूमिका रहेको छ ।

अचेल युट्युव र फेसबुक ज्यादा प्रभावकारी हुँदा चलचित्रकर्मी पब्लिसिटीमा रेडियो टेलिभिजन भन्दा सोसियल मिडियालाई बढी प्रयोग गरिरहेका छन् ।

सेन्सर बोर्डले ‘लिला’लाई पिजी प्रमाण थमाएको छ । ख्याल रहोस् सिने दर्पण इन्टरटेन्मेन्ट प्रस्तुत यस फिल्मलाई लक्ष्मण बस्नेत र बिमला घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो