चलचित्र टिनएजको ट्रेलर रिलिज, असोज २७ बाट देशव्यापी प्रदर्शनमा आउने


Filmy Kura, Aug 28, 2017 at 6:00 pm

नृत्य निर्देशनमा ख्याति कमाएका दीनेश पाख्रीन निर्देशित चलचित्र ‘टिनएज’को ट्रेलर रिलिज गरिएको छ । सोमबार पुरानो बानेश्वरमा अवस्थित हट लिप्समा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलरसँगै गीत रिलिज गरिएको हो ।

यस फिल्ममा नयाँ कलाकारको अभिनय रहेको छ । एन्जिला खड्गी, नरेश विर सिंह, प्रतिक्षा खड्का, कृष्ण शिवाकोटी लगायतका कलाकार शीर्ष भूमिकामा रहेको फिल्मले टिनएजर किशोर किशोरीले देखाउने व्यवहारलाई प्रस्तुत गरेको छ । यहि उमेरमा हुने माया, त्यसले निम्त्याउने बिछोड अनि बदलावको भावनालाई फिल्मले समेटेको छ ।

असोज २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्ममा स्व. बसन्त जंग रायमाझीको कथा, सुमन उप्रेतीको संवाद, विकास चौधरी र बसन्त सापकोटोको संगीत, राजु किरातीको द्धन्द्ध रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो