उत्तम थापाको ‘यो यात्रा’ सार्वजनिक


Filmy Kura, Aug 29, 2017 at 11:48 am

गायक तथा संगीतकार उत्तम थापाले गाएका एकल गीतहरुको चौथो संग्रह ‘यो यात्रा’ सोमबार काठमाडौंमा सार्वजनिक भएको छ । गायक थापाका सांगीतिक गुरु गुरुदेव कामत, संगीतकार राजु सिंह सहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन् । विमोचित एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन् ।

विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत निर्देशन छ । एल्बमका ती गीतहरु उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले रचना गरेका छन् । चन्दु गोर्खाली, सञ्जिव सुब्बा, राजिव शाह, दिपेश प्रधान, चा“द सिंह तथा बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्सनेपालले प्रस्तुत गरेको हो । विमोचन समारोहमा एल्बमको पहिलो गीत ‘जोर मादल’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

समारोहमा सांगीतिक गुरु गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रुपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रसंसा गरे । संगीतकार राजुृ सिंहले पनि गायक थापा संगीतमा मेहनत गर्न पछि नपर्ने प्रतिभा भएको बताए ।

२०६५ सालदेखि नेपाली सांगीतिक क्ष्ँेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित तीन वटा एकल गीति एल्बम दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी उत्तम थापा मगर यतिबेला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् भने भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७/६८ मा उनले त्यहा“बाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो