अम्बिकाको शब्दमा यस्तो देखियो मातृत्व प्रेम


Filmy Kura, Aug 29, 2017 at 11:56 am

गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हास भने…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ । गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन् । बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् । हरि हुमागाईद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो