छक्का पन्जा २ को झ्याम्म झ्याम्मलाई झुर गीतको संज्ञा, तर हेरियो २४ घण्टा नबित्दै साढे तीन लाख पटक


Filmy Kura, Aug 29, 2017 at 12:42 pm

सोमबार चलचित्र ‘छक्का पन्जा २’ को ‘झ्याम्म झ्याम्म’ बोलको गीत रिलिज गरियो । गीत आउट हुन साथ यसको लयलाई लिएर कतिले वर्षौ अघि रिलिज भएको फिल्म ‘देवर बाबु’ फिल्मको एक गीतसँग मेल खाने फेसबुक स्टाटस पोष्टे ।

चलचित्रको डिजिटल राइट लिएको हाइटलाइट्स नेपालले यो गीतलाई अपलोड गर्न साथ गालीको वर्षा भयो । गीत हेर्ने प्रायले झुर गीतको संज्ञा दिए । पहिलो रिलिज गीतपनि चोरिएको भनेर विवादमा तानिएको थियो । अहिले आएर दोस्रो गीतको म्युजिक एरेन्जपनि चोरिएको भन्ने प्रकारका कुरा बाहिरिए । तथापी जुन गीतलाई बढी विवादमा तान्ने कोसिस गरियो उहि गीतको भ्यूज भने आक्रामक रुपमा बढेको बढ्यै छ ।

युट्युवमा पब्लिस गरिएको २४ घण्टा पुग्नै लाग्दा यो गीतलाई झण्डै साढे तीन लाख पटक हेरिएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले यो गीत देउडा र टप्पाको संयोजन गरिएको बिल्कुल कल्चरल गीत भएको बताएका छन् । सामाजिक सञ्जालमा यो फिल्मको गीतलाई लिएर अनेकन टिका टिप्पणी चलिरहदा निर्देशक दीपाश्री निरौला लेख्छिन्, ‘म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर’ । आजै परेको गौरा पर्वलाई लिएर उनले सबैलाई शुभकामना दिएकी छिन् ।

असोज ११ गते रिलिज चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो