ऐश्वर्य : गीत हिट, टिजर हिट अब बाँकी रह्यो हुनलाई फिल्म हिट


Filmy Kura, Aug 31, 2017 at 2:30 pm

नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ को पहिलो रिलिज गीतले मार्केटमा अहिले राम्रो छाप छोडिरहेको छ । ‘तिमी रोएको पल तिमीलाई…’ बोलको गीत युट्युवमा राखिएको २० दिनमा झण्डै १६ लाख पटक हेरिएको छ । १८ हजार जनाले यसलाई लाइक गरेका छन् । पाश्र्व गायनमा निकै रुचाइएका सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश गीतमा मिठासपूर्ण संगीत भरेका छन् अर्जुन पोखरेलले ।

ओएसटी सङले दर्शक श्रोताको मन जितिरहदा निर्माण यूनिटले फिल्मको टिजर केही दिन पहिले सार्वजनिक ग¥यो । टिजरमा समावेश दृश्यलाई दृष्टिगत गर्दा यसले अडियन्समा अझ कौतुहलता थपिदिएको छ । फिल्म त प्रेमकथामाथि निर्माण भएकै हो तर कस्तो प्रेमलाई यस फिल्मले उठान गरेको छ त ? भन्ने धेरैको जिज्ञासा रहेको छ । चलचित्रका निर्माता तथा नायक हुन् रमेश उप्रेती । यो फिल्मलाई रमेशले आफ्नो कम ब्याक मूभि भनिरहदा दर्शक उनको प्रेमील जोडीलाई पर्दामा हेर्न प्रतिक्षा गरिरहेका छन् ।

नवनायिका दीपिका प्रसाई जो मोडल समेत हुन् उनले रमेशसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । खासगरी कमर्सियल मसलेदार प्याकेज भनिएको फिल्ममा अर्को आकर्षण भनेको नायिका केकी अधिकरी हुन् । नायकसँग भिलेनको वार त अवश्य नै पर्छ तर सशक्त भिलेन रुप प्रस्तुत गरेर सार्वजनिक टिजरबाटै प्रशान्त ताम्राकारले सबैको मन जितेका छन् । यस अर्थपनि यो फिल्मको प्रचार सामाग्रीलाई सरसर्ती केलाउने हो भने सुरुमा गीत हिट भइदियो त्यसपछि टिजर । अब बाँकी रह्यो हिट हुनलाई पूर्ण फिल्म भन्दा फरक पर्दैन । केही समय पछि नै ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जे होस् लामो ग्याप पछि पर्दामा पुनरागमन गरेका रमेश हाल सार्वजनिक गीत र टिजरलाई दर्शकले दिएको मायाले निकै उत्साहित देखिएका छन् ।

तपाईको फिल्ममा पुनरागमन त भयो के पहिले झै प्राप्त गरेको क्रेज तपाई यो फिल्म मार्फत पुन हासिल गर्न सक्नुहुन्छ भन्ने फिल्मीकुराको प्रश्नमा रमेश भन्छन्, ‘यो मेरो लागि एकदमै कप्लेक्स प्रश्न हो । विगतमा दर्शकबाट मैले जुन माया पाए त्यहि मायाको ऋण चुक्ता गर्ने अभिप्रायले मनोरञ्जनले भरिएको चलचित्र ऐश्वर्य लिएर आएको छु । क्रेज फिर्ता ल्याउन सकुला या नसकुला तर म भने राम्रो फिल्म दिनका लागि हर समय तल्लीन रहनेछु ।’

दिवाकार भट्टराई लिखित तथा निर्देशित यस चलचित्र आगामी कात्तिक ९ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । यसअघि कात्तिक २ लक्ष्मीपूजा देखि फिल्म लाग्ने चर्चा चलेपनि यो मितिमा अन्य फिल्म आउने भएपछि ‘ऐश्वर्य’ एक साता पछि सरेको हो । यो मितिमा भने छठ पर्व परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो