मलिना भन्दा सञ्चिता बढी रोमान्टिक भन्दै राजले खोले लिला कहानी


Filmy Kura, Aug 31, 2017 at 3:39 pm

चलचित्र ‘लिला’मा सञ्चिता लुइँटेल, राज कटुवाल र मलिना जोशी शीर्ष भूमिकामा रहेका छन् । भाद्र ३० रिलिज फिल्मको बिहीबार राजधानीमा प्रेस मिट गरिएको थियो । जहाँ सञ्चिता भने कार्यव्यस्तताले अनुपस्थित थिइन् । तर राज र मलिनाले भने आफू अभिनित फिल्मको विषयमा खुलेरै कुरा गरे ।

त्यसो त मलिना पूर्व मिस नेपाल समेत हुन् । पछिल्लो समय मिस नेपालको ट्याग भिरेपछि अधिकाशंले फिल्म क्षेत्रलाई आफ्नो पहिलो रोजाई बनाउदै आइरहेका छन् । यद्धपि फिल्म क्षेत्रमा उति सारो सफलता हासिल गरिरहेका छैनन् । ‘लिला’ नायिका मलिना अगाडि थप्छिन्, ‘मिस नेपाल अभिनित फिल्म सफल छैनन् भन्ने कुरालाई चाहि म मान्दिन । झरना बज्रचार्य होस् या सृष्टि श्रेष्ठ उनीहरु अभिनित फिल्म राम्रो भएर मार्केटमा डिमान्डेड छन् ।’ मिस नेपालले मात्र होल फिल्म क्षेत्र धान्न भने नसक्ने उनको धारणा छ । उनले यो चलचित्र सस्पेन्स, थ्रिल र प्रेमले भरिएको बताइन् । सुटिङ गरेको झण्डै डेढ वर्षपछि फिल्म हल लाग्ने कुराले निकै उत्साहित देखिएकी मलिनाले टिमवर्क एकदमै राम्रो रहेको बताइन् । उसो त सुन्दरी नायिकाहरु क्यारेक्टर वेस मूभि गर्न भन्दा डाँडामा नाच्ने रोल गर्न रुचाउँछन् नी भन्ने प्रश्नमा उनी भन्छिन्, ‘डाँडामा नाच्न झन गाह्रो छ । अर्को एउटा फिल्ममा त म हिउँमा गएर नाचेको छु । ट्रष्ट मि तपाई जो कोहीले यो डाँडामा या हिउमा गएर नाच्ने सिन गर्न सक्नु हुन्न । यो झन क्यारेक्टर वेस मूभि भन्दा गाह्रो छ ।’

यता चलचित्रका नायक राज कटुवालले यस अघि आफू अभिनित रिलिज दुई फिल्म ‘लाल्टिन’ र ‘संरक्षण’ भन्दा यसमा नितान्त बेगल चरित्र निर्वाह गरेको बताए । उनले भने, ‘लिलामा के छ होइन् के चाहि छैन भनेर सोध्नुस् । दर्शकलाई चाहिने सबै खुराक यो फिल्ममा मिसाइएको छ ।’ फिल्ममा विभिन्न चरित्र बहन गरेपनि आफू एक्सनस्टार हुने हेतुले आएको उनको भनाइ छ । तथापी कतिले रोमान्टिक हिरोको रुपमा समेत लिने गरेको राजले बताए । एक अर्को रमाइलो प्रश्नमा उनको जवाफ थियो, ‘सञ्चिता र मलिनामा को बढी रोमान्टिक भन्ने प्रश्न नै मेरा लागि गाह्रो प्रश्न हो । सञ्चिता जि सिनियर हुनुहुन्छ । एज अ गुड ह्युमान बिइङको कुरा जोड्ने हो भने मलिना भन्दा त मलाई सञ्चिता नै बढी रोमान्टिक लाग्यो ।’

सुटिङ सेटमा सञ्चिता नआउँदा मिस गर्ने कन्डिसन समेत आएको स्मरण गर्दै राजले काम गर्न एकदमै कम्फर्टेबल भएको भनाइ राखे । सञ्चिता रोमान्टिक भएपनि आफ्नो जोडीको रुपमा भने मलिना रहेको राजलिला खोल्दै राजले एकपटक फिल्म हेरिदिन सबै दर्शकलाई अनुरोध गरे । चलचित्र ‘लिला’ले स्टाब्लिस गराउछ भन्ने अपेक्षा लिएका राजले यो क्षेत्रमा खास फिल्म प्रोड्युस गर्ने उद्देश्यले आएको खुलासा गरे । फिल्मी करियर लेन्थ कहाँ सम्म जाला त भन्ने प्रश्नमा उनी भन्छन्, ‘जाला भन्दापनि लैजाने हो । जीवन रहेसम्म म यहि क्षेत्रमा काम गर्नेछु ।’

सस्पेन्स थ्रिल मूभि भएकाले राज र मलिना दुवैले आफ्नो चरित्रबारे भने उतिसारो प्रकाश पार्न चाहेनन् । सिने दर्पण इन्टरटेन्मेन्टको व्यानरमा निर्मित यस चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । लक्ष्मण बस्नेत र बिमला घिमिरेको चलचित्रमा लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो