पहिलो चोटि पाश्र्व संगीत गरेको फिल्म धुम २ सफल हुँदा युएईबाट टंकले गरे यस्तो खुलासा


Filmy Kura, Aug 31, 2017 at 4:24 pm

गायक तथा संगीतकार टंक बुढाथोकी चिनाइ रहनु पर्ने नाम होइन् । कम उमेरमै संगीत क्षेत्रमा स्थापित टंकले पहिलो चोटी चलचित्र ‘धुम २’ मा पाश्र्व संगीत भरे । यो मौका उनलाई दिएका थिए फिल्मका लेखक तथा निर्देशक जय किशन बस्नेतले ।

तीज लक्षित फिल्मले अनपेक्षित दर्शक हलमा तान्न सफल रह्यो । फिल्मले लगानीमात्र रिकभर गरेन केही मुनाफा समेत जयलाई हाता पर्ने भएको छ । पहिलो चोटी आफूले पाश्र्व संगीत गरेको फिल्म सफल भएपछि हाल म्युजिकल टुरको सिलसिलामा युएईमा रहेका टंकले फिल्मीकुरासँग मनको कुरा सेयर गरेका छन् ।

जयलाई पाश्र्व संगीतको गुरु मान्ने उनी अगाडि थप्छन्, ‘सामाजिक कथावस्तुमा आधारित चलचित्रमा कमेडी, एक्सन, रोमान्स र सेन्टिमेन्ट सबै पक्ष समावेश थियो । त्यहि अनुरुप मैले ब्याकराउण्ड संगीत भरेको छु । बच्चाको सिनमा त म काम गर्दा गर्दै रुन पुगेछु । फिल्मले हँसाउने मात्र होइन दर्शकलाई कतिपय ठाउँमा रुवाउछपनि ।’

पहिलो प्रयास सफल हुँदा उनी आगामी दिनमा पाश्र्व संगीतलाई नै निरन्तरता दिने योजनामा रहेका छन् । उनले अर्को खुलासा समेत गरे । खासमा ‘धुम २’ हिट भएको खण्डमा मात्र पाश्र्व संगीत गरेको पारिश्रमिक लिने सर्त उनले जयसँग गरेका रहेछन् । चलचित्रमा फ्रि मै पाश्र्व गरेका टंक फिल्म सफल भएपछि आफ्नो समेत पारिश्रमिक आउने कुराले खुसी छन् । म्युजिक कम्पोज सँगै एरेन्ज मेन्टको काम गरिरहेकाले पाश्र्व संगीत गर्न सजिलो भएको उनको अनुभव छ ।

फिल्म क्षेत्रमा संगीतकार निर्देशक शोभित बस्नेतले चान्स दिएर बनेको बताउने टंकले पाश्र्व संगीतमा ब्रेक दिने जयलाई हृदय देखि नै धन्यवाद दिए । आफूलाई बस्नेत परिवार फारिरहेको भन्दै टंकले ‘धुम २’ सफल भएको खण्डमा पाश्र्व गरे बापत दुई लाख पारिश्रमिक जयले दिने वाचा गरेको खुलासा गरे ।

भाद्र ८ रिलिज यो चलचित्र अझै केही सिनेमा घरमा लागिरहेको छ । एकसाथ ४ रिलिज फिल्म मध्ये ‘धुम २’ ले मात्र राम्रो व्यापार गर्न सफल भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो