कुम्भकरण निर्देशक ओलीले गौरव र छुल्ठिमलाई यसरी बनाए भावुक (भिडियो)


Filmy Kura, Aug 31, 2017 at 4:43 pm

‘रोल्पा रोग’बाट चलचित्र निर्देशन थालनी गरेका युवा निर्देशक दीपक वलीले आधुनिक गीतको भिडियो निर्देशन गरेका छन् । उनी निर्देशित अर्को फिल्म ‘कुम्भ करण’ रिलिज तयारीमा रही रहदा बीचको समयमा उनले आधुनिक गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

केही दिन अघि रिलिज गरिएको ‘तिर्खा लाग्दा पिउन पाउँ हिमनदीको चिसो पानी’ बोलको गीतमा गोविन्द मधुर आचार्यको गायन तथा संगीत संयोजन रहेको छ । राष्ट्रिय भावयुक्त गीतमा अभिनेता गौरव पहारी र नायिका छुल्ठिम गुरुङ फिचर छन् । लोगो क्रियशन प्रस्तुत गीतको छायांकन भने काभ्रेको पनौती र साँगामा गरिएको हो । यम भण्डारीको शब्द समावेश गीति भिडियोमा रविन्द्र बरालको छायांकन, सुरेश राउतको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो