हलमा साम्राज्ञी र सलिन स्टारर फिल्म, अधिकांशको एउटै भनाई, ‘ए मेरो हजुर २ बेष्ट मूभि’


Filmy Kura, Sep 1, 2017 at 12:01 pm

निकै प्रतिक्षित चलचित्रको रुपमा लिइएको ‘ए मेरो हजुर २’ आज शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आएको छ । दुई दशक अभिनय मार्फत राज गरेकी अभिनेत्री झरना थापाको डेव्यू निर्देशकिय सिर्जना हो ‘ए मेरो हजुर २’ ।

चलचित्रको बिहीबार राजधानीको कुमारी हलमा भव्य प्रिमियर शो गरिएको थियो । नेपाली चलचित्र क्षेत्रका परिचित अनुहार, सञ्चारकर्मी तथा अन्य अतिथिवर्ग प्रिमियर हेर्न हल पुगेका थिए । रेड कार्पेटमा हिड्दै थुप्रै नायिका देखि नायक सम्मले फोटो खिचाए । दुई घण्टा ३० मिनेट लामो फिल्मलाई पर्दामा हेरिसकेपछि सबैले एउटै बोली बोले ‘ए मेरो हजुर २’ बेष्ट मूभि । अधिकांशले चलचित्रले सुरुवातमा हँसाएपनि अन्तिममा निकै भावुक बनाएको प्रतिक्रिया दिए ।

सलोन बस्नेत, साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बाँनियाको चलचित्रमा मुख्य भूमिका रहेको छ । फिल्म हेर्ने प्रायले सलोनको क्यारेक्टरलाई औधी रुचाइएको पाइयो । यता साम्राज्ञीको यो दोस्रो फिल्म हो । उनले सबैबाट एकदमै पोजेटिभ कमेन्ट मिलेको बताइन् । डेव्यू हिरो सलिनमान पहिलो फिल्मको उत्साहप्रद प्रतिक्रियाबाट दंग देखिन्थे । यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर मिलेको उनले हामीलाई बताए । सलोनको त झन के कुरा गर्नु । बालकलाकार देखि नै दर्शकको मन जितेका उनले युवा भएपछि झन अभिनय मार्फत सबैको प्रिय भइरहन सफल भएका छन् ।


यता डेव्यू निर्देशक झरना थापालाई भने बधाईको ओहिरो नै लाग्यो । पहिलो फिल्म नै यतिको उत्कृष्ट बनाउँदा उनलाई कतिपयले अब्बल निर्देशको संज्ञा दिए । झरना झन पहिलो प्रयासले सबैको मन जित्दा खुसी नहुने कुरै थिएन । झरनाका श्रीमाना सुनिल कुमार थापा निर्मित चलचित्र हो ‘ए मेरो हजुर २’ । लभस्टोरी वेसको चलचित्रमा गीत संगीतपनि उत्तिकै सशक्त बनेका छन् ।

काठमाडौ, पोखरा, मुस्ताङ र तिलिचो तालमा छायांकन गरिएको यो फिल्म देशका प्राय सबै जसो हलमा लागिरहेको छ । शुक्रबार बिहानी शोमा राजधानीका हलमा उल्लेख्य दर्शक उपस्थिती रहेकोे निर्माण संस्थाले जनाएको छ । जे होस् स्तरिय फिल्म हेर्न दर्शक हल आउँछन भन्ने गतिलो उदाहरण यो फिल्मले प्रुभ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो