घेराबन्दीमा राजा, यस्तो बनेर आयो छक्का पन्जा २ पोष्टर


Filmy Kura, Sep 2, 2017 at 12:32 pm

चलचित्र ‘छक्का पन्जा २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ । शनिबार कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फेसबुक मार्फत चलचित्रको पोष्टर सार्वजननिक गरेका हुन् ।

असोज ११ रिलिज फिल्मको प्रचार सामाग्रीले अहिले मार्केटमा राम्रै छाप छोडेको छ । पोष्टरमा राजाको चरित्रमा रहेका दीपकराजलाई अन्य कलाकारले घेराबन्दीमा पारेका छन् । बायाँ तर्फ तीन केटा र दायाँ तर्फ तीन केटीको बीचमा मोटरसाइकलमा सवार गर्दै गरेको अवस्थामा राजालाई देखाइएको छ । राजाको पछाडि छन् बुद्धि तामाङ उर्फ ‘हैट’ ।

त्यसो त यो फिल्मको सार्वजनिक दुई वटै गीतले राम्रो चर्चा कमाउन सफल रह्यो । चाहे त्यो विवादमा तानिएर होस् या यसको क्वालिटीलाई लिएर होस् । केही दिन पहिले रिलिज गरिएको ‘झ्याम्म झ्याम्म’ गीत अहिले नेपाल युट्युवको ट्रेन्डिङ वान स्थानमा रहेको छ । पहिलो रिलिज गीत ‘नाइलनको साडी’ पनि पहिलो स्थानमा परेको थियो । दीपकराजले केही दिन पश्चात ट्रेलर रिलिज गरिने बताएका छन् ।

खासगरि यो टिमले बनाउने फिल्म एउटा ब्राण्डको रुपमा स्थापित भइसकेको छ । समसामियक घटनाक्रमलाई उठान गर्दै कथालाई कमेडी शैलीमा ढाल्ने यो टिमको कार्य अन्य चलचित्रकर्मीका लागि लोभलाग्दो बन्दै गइरहेको छ । कुनै समय फिल्ममा हास्यकलाकारलाई सानो रोल दिएर खेलाउने प्रचलन थियो । जून बेला यि कलाकारलाई जोकरको ट्याग दिइन्थ्यो तर अचेल तीनै हास्यकलाकार टेलिभिजनको दुनियाँमा मात्र होइन ठूलो पर्दाको फिल्ममा समेत स्टार बनेर चम्किएका छन् ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो