मायाको रोग लाग्यो दयाहाङलाई, ओखती बनेर देखिइन् दीया पुन (भिडियो)


Filmy Kura, Sep 2, 2017 at 1:19 pm

कलाकार दयाहाङ राईलाई मायाको रोग लागेको छ । प्राय चलचित्रमा नाच्ने नगरेका दयालाई ‘मिस्टर झोले’ मा भने मायामा रोग लागेको ओखती चाहियो भन्दै नाचेको देख्न सकिन्छ ।

उनको मायाको ओखती बनेर देखिएकी छिन् कलाकार दीया पुन । यस अघि दया र दीयाले चलचित्र ‘विर विक्रम’मा सँगै नाचेका थिए । खासगरि नृत्यमा कमजोर दयाहाङ सकभर नाच्ने सिन नपरे हुन्थ्यो चाहन्छन् तर कतिपय ठाउँमा स्टोरीले नै डिमान्ड गरेपछि उनी ठूलो सकसले नाचेको पाइन्छ ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्शन प्रस्तुत चलचित्रको यस गीतमा शब्द, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । विक्रम स्वारले दया र दीयालाई नचाएका छन् । राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

आगामी पौष २८ गते यो चलचित्र रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो